युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् ।विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए ।खेलको २९ औं मिनेटमा रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर बल नियन्त्रणमा लिने क्रममा भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेको देखिएको थियो । भ्यालेन्सियाका डिफेन्डर मुरिलो लडेका थिए । त्यसपछि रोनाल्डोले रातो कार्ड पाए । रातो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिए पछि युभेन्टस १० खेलाडीमा सिमिति भएको थियो ।तर भ्यालेन्सियाविरुद्ध १० खेलाडी भए पनि युभेन्टस नै हावी देखियो । युभेन्टसले दुवै गोल पेनाल्टी मार्फत गरेको हो । मिरलेम पेजेनिकले ४५औं तथा ५१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । पेजेनिक च्याम्पियन्स लिगमा एउटै खेलमा दुई पेनाल्टी प्रहार गर्नेे खेलाडी पनि बनेका छन् ।