काठमाडौं- मनाङका फरवार्ड अनिल गुरुङ ८ वर्षपछि पुरानै क्लब थ्रीस्टारमा फर्किएका छन् । उनले १३ असोजदेखि सुरु हुने ए डिभिजन लिग थ्रीस्टारबाट खेल्ने भएका हुन् ।
हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल ७ वर्षदेखि मनाङबाट खेल्दै आएका थिए । तर, बुधबार थ्रीस्टारको टिमसँग आवद्ध भएका छन् र अभ्यास गरेका छन् । अनिल थ्रीस्टारमा आउने पक्का भएको तर, उनिसँग औपचारिक सम्झौता हुन बाँकी रहेको बताइएको छ ।
साहारा क्लब पोखराबाट व्यवसायिक फुटबल करियर सुरु गरेका अनिलले २००५ मा थ्रीटारबाट खेलेका थिए । २००९-१० को सिजन सिलोङबाट पनि खेले ।
प्रतिक्रिया दिनुहोस्