बलिउड अभिनेता सलमान खानद्वारा निर्मित फिल्म ‘लवरात्रि’ को नाम परिवर्तन गरेर ‘लवयात्री’ राखिएको छ। लवरात्रिको नाममा विभिन्न धार्मिक संगठनले आपत्ति जनाएपछि फिल्मको नाम परिवर्तन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लवरात्रिको नाम हिन्दुको पवित्र वर्त नवरात्रिसँग नाम मिल्न जाने भन्दै धार्मिक संगठनले विरोध जनाएका थिए। त्यसपछि फिल्मको नाम परिवर्तन गर्दै लवयात्री राखिएको हो। जब लवरात्रीको ट्रेलर सार्वजनिक भयो त्यतिवेला देखिनै विरोध शुरु भएको थियो । हिन्दूवादी संघ संगठनहरुले फिल्मका टाइटलमा आपत्ति जनाएका थिए ।
सलमानले ट्वीटरमा यस फिल्मको नयाँ पोस्टर रिलिज गर्दै लेखेका छन् ‘यसमा कुनै पनि स्पेलिङ गलत भएको छैन ।’
This is not a spelling mistake… #loveyatri #lovetakesover…@SKFilmsOfficial @aaysharma @Warina_Hussain @abhiraj21288 @TSeries pic.twitter.com/WcI5tbXkke
— Salman Khan (@BeingSalmanKhan) September 18, 2018
शिर्षकमा आपत्ति जनाएका हिन्दूवादीहरुले फिल्मको पोस्टरसमेत जलाएका थिए । यसअघि सलमान खानले फिल्मको नामकले हिन्दू धर्मावलम्बिहरुको भावनामा चोट नपुग्ने बताउँदै आएका थिए । तर फिल्मको विरोध हुन नछोडेपछि फिल्मको नाम फेरिएको हो । फिल्म ‘लवयात्री’ २०१८ को अक्टुबर ५ मा रिलिज हुनेछ । प्रेम कहानीमा आधारित यस फिल्ममा सलमान खानका बहिनी ज्वाईँ आयुष शर्मा प्रमुख भूमिकामा छन भने उनको जोडीको रुपमा अभिनेत्री वरीना हसेन छिन् ।