युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले डच क्लब पिएसभी आइन्होभनलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।बार्सिलोनाको जितमा मेसीले ह्याट्रिक गर्दा उसमान डेम्बेलेले एक गोल गरे।खेलको ३१औँ मिनेटमा मेसीको फ्रिकिक गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ७५औँ मिनेटमा डेम्बेले र ७७औँ मिनेटमा मेसीले गोल गर्दै बार्सालाई ३-० को अग्रता दिलाए। ७९औँ मिनेटमा सामुएल उम्टिटि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा झरेको थियो। तर त्यसले बार्सिलोनालाई फरक पारेन।
घरेलु मैदानमा मेसीले ८८औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।च्याम्पियन्स लिगमा मेसीको यो आठौँ ह्याट्रिक हो र मेसी सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी समेत बनेका छन्।
प्रतिक्रिया दिनुहोस्