Logo

दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा



Spread the love

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो ।  उनका अनुसार अब २-३ दिनभित्र हुने छलफललले सटही सुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्