Logo

कोशी गाउँपालिकाबाट २६ सेवा निःशुल्क



Spread the love

सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ प्रकारका सेवा निःशुल्क गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले निवेदन दस्तुर, मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, कच्ची घर प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिश, बसोबास प्रमाणित, तीनपुस्ते खुल्ने सिफारिशलगायतका सिफारिश निःशुल्क गरेको छ ।

गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।

त्यसैगरी नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि सिफारिश, नागरिकता प्रमाणपत्र सिफारिश, अङ्गीकृत नागरिकता सिफारिश, वैवाहिक अङ्गीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणित, मृत्यु प्रमाणित, चारित्रिक एवं सूचीकृत वर्ग सिफारिश कोशी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी सिफारिश बोरिङ गर्नेसमेत, व्यवसाय बन्द गर्ने सिफारिश, नाता प्रमाणित नेपालीमा, नम्बरी जग्गाको रुख काट्ने सिफारिश, नाता प्रमाणित अङ्ग्रेजीमा, विद्युत् सिफारिशलगायतका सिफारिश निःशुल्क गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्