Logo

सुर्य इन्टरनेशनल अवार्ड: पूजा र पल उत्कृष्ट, अनमोल र साम्राज्ञी पपुलर



Spread the love

जापानमा पहिलो पटक भएको सुर्य इन्टरनेशनल अवार्डले अनमोल केसीलाई पनि यस वर्षको पपुलर अभिनेताको अवार्ड प्रदान गरेको छ।
जापानमा अनमोल केसी र साम्रागी राज्य लक्ष्मी शाहले पपुलर अभिनेता अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन्।
जापानमा भएको सुर्य इन्टरनेशनल अवार्डमा पूजा शर्मा र पल शाह उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन्। उनीहरुले चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट उक्त अवार्ड हात पारेका हुन्।अवार्डका लागि ५० जनाको टोलि जापान पुगेको थियो। जापानमा आइतबार सम्पन्न अवार्ड वितरण कार्यक्रमबाट यसवर्षको उत्कृष्ट निर्देशकको अवार्ड ‘म यस्तो गित गाउँछु’ बाट सुदर्शन थापाले उचालेक छन्।त्यस्तै, सह-अभिनेतातर्फ फिल्म ‘ऐश्वर्य’ बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले ‘छक्का पञ्जा २’ बाट उत्कृष्ट बने।नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड २०१८’ प्रदान गरिएको छ। यस्तै ३ दशकदेखी नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल सदाबहार नायक भुवन केसीलाई सूर्य कलाकरिता सम्मन २०१८ प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्