Logo

पहिरो खस्दा दूईको मृत्यु नौ घाइते



Spread the love

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो जादा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्री जानकारी दिए  ।

भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोले उनीहरुको ज्यान लगेको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय चिनियाँ नागरिक छेत्यो थअतजभथय रहेका छन् ।

उनीहरुलाई गएराति नै थप उपचारार्थ काठमाडाँै पठाइको थियो । धुञ्चे अस्पतालमा भर्ना भएका अर्का प्रकाश भट्ट भने थप उपचारार्थ आज बिहानै काठमाडाँै पठाइएको रसुवा जिल्ला अस्पताल धुञ्चेले जनाएको छ ।

तेस्तै पहिरोमा परि सामान्य घाइते भएका अरु व्याक्तिहरुको र ठेकेदार कम्पनी चिनियाँ सी।डब्लू।ईको टिमुरेस्थित मेडिकल क्याम्पमा उपचार भइरहेको जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।

सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी।डब्लू्।ईमार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिपरमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्