Logo

अख्तियारको फन्दामा नौ जना प्रहरी



Spread the love

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राजधानी बाट दूइ असई सहित नौ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई राजधानीको काँडाघारी र कोटेश्वर बाट समातिएको अख्तियार जनाएको छ  ।

घुस रकमसहित पक्राउ पर्नेहरुमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठसहित ९ जना रहेका छन् ।

श्रेष्ठलाई ३० हजार घुस रकम सहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको बताईएको छ ।

तेस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेललाई पनि पक्राउ गरिएको छ । उनकोको साथबाट ५ हजार घुस रकम फेला परेको बताईएको छ ।

काँडाघारी र कोटेश्वर क्षेत्रबाट ९ प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले भने, ‘असईदेखि सिपाहीसम्म ९ जना नियन्त्रणमा लिएका छौं ।’

 पक्राउ परेकाहरुको साथबाट आयोगको टोलीले कुल एक लाख नगद बरामद गरेको छ ।मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै ठेकेदारसँग घुस मागेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्