Logo

हाम्रो संघर्ष मेयरका विरुद्ध होइन : संघर्ष समिति (विज्ञप्ति सहित)



Spread the love

सल्यानको जिल्ला बागचौर नगरपालिकामा सहरी विकास आयोजना अन्तर्गत खरिबाट-काेटबारा-बाफुखाेला सडक खण्डमा सडक कता बाट लिने भन्ने विषयलाई लिएर विवाद देखिएको छ ।
सडकको विषयलाई लिएर कतिपयले मेयर र जनता बिचको विवाद देखाउन खोजेको भन्दै सडक संग सम्बन्धित ६,७,११ र १२ का वडाका जनता र वडा अध्यक्षहरूले आपत्ति प्रकट गरेका छन् साथै पुरानै सडकलाई निरन्तरता दिनुपर्छ भन्दै गठन भएको संघर्ष समितिले पनि मेयरका विरुद्ध संघर्ष समिति गठन गरियो भनेर केहीले भ्रामक हल्ला फिजाएको भन्दै आपत्ति प्रकट गरेको छ ।

संघर्ष समितिले यो विवाद मेयर र जनता बिच नभएको भन्दै मेयर सँग सम्बन्धित नै नभएको विषयमा दैनिक नेपाल डटकम र रिपब्लिक डटकमले मेयरका विरुद्ध संघर्ष समिति गठन भएको विषयमा गम्भीर आपत्ति प्रकट गरेको छ ।

संघर्ष समितिले ७ नम्बर वडा अध्यक्ष शेर बहादुर घर्तीले पुरानो सडकलाई निरन्तरता दिन अवरोध गरेको जनाएको छ । साथै मेयरले पुरानै सडकलाई निरन्तरता दिनेमा समिति विश्वास प्रकट गर्दछ भनेर विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

पुरानै बाटोलाई निरन्तरता दिनुपर्छ भन्दै गठन भएको संघर्ष समितिले निकालेको विज्ञप्ति                                                                                                                                                                                     संघर्ष समितिका सचिव खड्क बहादुर खडकाले  वडा अध्यक्ष घर्तीले आफूले सडक परिवर्तन नसक्ने भएपछि मेयरलाई विवादमा तान्न खोजेको बताए । संघर्ष समिति र मेयर बिच विवाद देखाएर केही व्यक्तिले खेल्न खोजेको उनले बताए । 

केही अनलाइनले भ्रामक समाचार लेखेको विषयमा कार्यपालिकाले सर्वसहमतिले विरोध गरेको साथै मिडियाले नभएको कुरा लेख्नु ठिक होइन, नभएको समाचार मिडियाले पनि लेख्दिन भएन १२ नम्बरका वडा अध्यक्ष दिपल वलीले भने । साथै पुरानै सडकलाई निरन्तरता दिनुपर्ने उनको भनाइ रहेको छ ।

यता ११ नम्बर वडा अध्यक्ष मोहन खडकाले मेयरलाई विवादमा तानेर मौकाको फाइदा लिन केही व्यक्ति तल्लीन रहेको बताए । वडा नम्बर ७ का वडा अध्यक्षले बाटो मोड्न खोजेपनी जनता पुरानै बाटोको निरन्तरताको पक्षमा रहेको साथै यो बाटो जनताको आन्दोलन संग पनि जोडिएको उनको भनाइ रहेको छ ।

वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र प्रकाश वलीले मेयर संग सम्बन्धित नभएको विषयलाई केहीले मेयर सँग सम्बन्धित भएको भनेर भ्रामक हल्ला भिजाएकोमा १२ वटै वडाका अध्यक्ष र जनताको आपत्ति रहेको बताए । साथै खरिबोट-काेटबारा-बाफुखाेला सडकमा कुनै विवाद आए वडा प्रतिनिधि नै समाधान गर्ने सुरुमै कार्यपालिकाको बैठकमा निर्णय भएको उनले बताए ।

वडा नम्बर ७ का वडा अध्यक्ष शेर बहादुर घर्तीले मेयर सँग जोडिँदै नजोडिएको विषयलाई मेयर सँग जोडेर हेर्नू एकदमै गलत भएको बताए। आफू जनताको घरमा बाटो,घाटो लिने प्रतिबद्धता सहित चुनाव जितेको भन्दै अहिले जनताको घर, आँगन छोडेर जंगलबाट बाटो लिनुपर्छ भन्ने पक्षमा आफू नउभिने बताए । १ किलोमिटर मात्रै तल बाट लिदा वडा नम्बर ६ र ७ का ५ सय बढी घर घुरी लाभान्वित हुने उनको भनाइ थियो ।

यता अर्को समिति पनि गठन भएको छ । जंगलबाट होइन, बाटो गाउँ बाट लिनुपर्छ भन्दै दिपेन्द्र प्रकाश वलीको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिले पुरानो बाटोलाई १ किलोमिटर तल लिएर जनताको घर आँगन बाट बाटो लिनुपर्छ भन्दै मेयर लोकमान बुढाथोकीलाई ज्ञापन पत्र समेत बुझाएको छ । यो समितीले पनि मेयरलाई विवादमा तानेर फाइदा उठाउन खोज्नेहरु प्रति आपत्ति प्रकट गरेको छ ।

बागचौर नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक रोमु शाहीले एक विज्ञप्ति जारी गर्दै हुँदै नभएको कुरा मेयर सँग जोडेर राजनीतिक लाभ लिन खोज्नेहरू प्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

साथै बागचौर नगरपालिकाको कार्यपालिकाको बैठकले सर्वसहमतीमा मेयरका विरुद्ध कपोकल्पित समाचार सम्प्रेषण गर्ने रिपब्लिका र दैनिक नेपाल अनलाइनलाई २४ घण्टा भित्र सार्वजनिक रूपमा माफी माग्न आह्वान गरेको छ । यदि माफी नमागे कानुनी प्रक्रियामा अगाडि बढ्ने जनाएको छ ।

बागचौर नगरकार्यपालिकाको सर्वसहमतिले निकालेको बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस्