Logo

भोलिपल्टै सहमति तोड्ने प्रयास



Spread the love

gobinda kc

नेपाल मेडिकल काउन्सिलको गत सोमबारको पूर्ण परिषद् (फुल हाउस) बैठकमा एउटा मुख्य एजेन्डा थियो– बी एन्ड सी मेडिकल कलेज झापालाई सम्बन्धन दिनेबारे प्रतिवेदन शिक्षा मन्त्रालयमा पेस गर्ने, कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।

बैठकको एजेन्डा नम्बर ४ मा यो देखेपछि नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आपत्ति जनाए । अघिल्लो दिन मात्र सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठले भने, ‘सहमतिको मसी सुक्न पाएको छैन, यो के गर्नुभएको ?’ काउन्सिलका पदाधिकारीले शिक्षा मन्त्रालयमा पेस गर्न मात्र खोजिएको भन्दै अरू केही नभएको बताए । तर, श्रेष्ठ मानेनन् ।

उनले भने, ‘यो एजेन्डा हटाउनुस् नत्र म नोट अफ डिसेन्ट लेख्छु ।’ त्यसपछि पदाधिकारीले कारण खुलाए, ‘प्रधानमन्त्रीको असाध्यै दबाब छ, यो त पठाउनैपर्छ ।’ काउन्सिलका एक सदस्यका अनुसार श्रेष्ठले त्यसो हो भने पूर्ण परिषद्मा नराखी सोझै पठाउन भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्