Logo

चलचित्र ‘कथा काठमान्डु’ को प्रोमो युटुबबाट हटाउन बोर्डको पत्र



Spread the love

नेपाली कथानक चलचित्र ‘कथा काठमाडौं’ को इन्टिमेट सिनलाई लिएर चलचित्र विकास बोर्डले निर्माण पक्षसँग आपत्ती जनाएको छ । असोज १२ गतेलाई प्रर्दशनका लागि रिलिज डेट लक गरेको चलचित्र ‘कथा काठमाडौं’ को गीत र ट्रेलरमा रहेको प्रमोद अग्रहरी र प्रियंका कार्कीबीचको इन्टिमेट सिनलाई लिएर बोर्डले पत्र काटेको हो । नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । चलचित्र विकास बोर्डले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिएको हो ।यदि, प्रोमो नहटाइएको खण्डमा कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ । बोर्डले यो पत्र वोधार्थको रुपमा संचार तथा सूचना प्रविधी मन्त्रालयको श्रव्यदृश्य शाखामा पनि पठाएको छ । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्र गीत र प्रोमो सार्वजनिक भएपछि विवाद र चर्चाको घेरामा छ ।

 सूचना तथा संचार मन्त्रालय श्रब्य – दृश्य साखाको बोधार्थ लेखिएको पत्रमा उक्त फिल्मको प्रोमोले सामाजिक मर्यादामा खलल पुर्याउने देखिएकाले प्रोमो हटाउन निर्देशन गरिएको छ । बोर्डको पत्र सँगै प्रदर्शन संघारमा रहेको फिल्म ‘कथा काठमाण्डु’ रिलिज अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्