Logo

पशुपालन तर्फ किसानहरूको आक्रर्षण बढ्दै



Spread the love

salyan district

सल्यानमा व्यावसायिक पशुपालन तर्फ किसानहरूको आक्रर्षण बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा व्यावसायिक बाख्रा पालन, गाई पालन, बंगुर पालन, भैँसी पालन तर्फ किसानहरूको आक्रर्षण बढ्दै सल्यानको श्रीनगरमा आज आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिइएको थियो ।

थोरै लगानीमा पनि स्वदेशमा नै राम्रो आम्दानी हुने भए पछि वैदेशिक रोजगारीबाट हन्डर खाएर स्वदेश फर्केका युवाहरू यस व्यवसाय तर्फ आक्रर्षित भएका हुन् । सल्यानमा पशुपालनको लागी राम्रो सम्भावना क्षेत्र बोकेको क्षेत्र भएको र बजार पनि राम्रो भएकाले त्यस तर्फ किसान बढी आक्रषित भएका छन् ।

प्याकटाको आर्थिक सहयोग र केसी गाई फार्म शारदा नगरपालिका १ शितलपाटी सल्यानको आयोजनामा आज भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सल्यानका प्रमुख डा. बाल कुमार श्रेष्ठले पशु पालन किसानका लागी प्याकटा र जिल्ला पशु सेवा कार्यालय आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएकाले पनि किसानहरूको आक्रर्षण बढ्दै गएको बताए  ।

केसी गाई फार्मका सञ्चालक प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्खेतका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन हरि प्रसाद पण्डितको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सल्यानका प्रमुख डा. बाल कुमार श्रेष्ठ, एब्ऋत्र एच्क्ष्क्त् सुर्खेतका अनुगमन तथा मूल्याङ्कन अधिकृत नरेन्द्र कुमार महासेठ, नेपाली काँग्रेसका प्राण कुमार राई, नेकपा एमालेका कुमार बुढाथोकी, नेकपा माओवादी केन्द्रका नबिन कुमार भडेँल, नेकपा मालेका बल बहादुर गिरी, राष्ट्रिय जनमोर्चाका क्षेत्र बहादुर बिक, बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मका ब्यबस्थापक ईन्द्र बहादुर खड्का, समाजसेबीहरु किासान बुढाथोकी, नारायण थापा, डिल्ली बहादुर हमाल, रोम डाँगी लगाएतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केसी गाई फार्मका सञ्चालक प्रकाश केसीले गाई फार्मको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  उक्त गाई फार्म कुल ७ लाख, ७४ हजार बराबरको लागतमा सञ्चालन गरिएको छ ।

जसमा व्यक्तिगत १ लाख ६६ हजार र प्याकटा को ६ लाख ८० हजार बराबरको आर्थिक सहयोगमा सो गाई फार्म सञ्चालन गरिएको छ । कार्यक्रमको सञ्चालन सुशील उपाध्ययले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्