विकास भनेको गतिशील तथा निरन्तर रूपमा आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, प्रशासनिक, वातावरणीय क्षेत्रमा भएको सकरात्मक परिवर्तनको प्रक्रिया हो । आम जनमासमा भएको सुखसुबिधा,रहनसहन,जीबनशैलीमा आएको परिवर्तनको कदम हो ।
विकासका विभिन्न अबधारणाहरु सार्वजनिक भइरहेका छन् ।कुनै पनि क्षेत्रको विकास गर्दा हामी दिगो रूपमा सोच,बिचार र बहस गर्न जरुरी छ ।पर्याबरणीय आवश्यकता,पृथ्वीको बहन क्षमता,प्राकृतिक स्रोतको उपयोग,जस्ता विभिन्न कुराहरूमा हामीले ध्यान दिन सक्यौ भने टिकाउ र दिगो विकास हुन सक्छ ।वातावरण र विकास एक अर्कामा सम्बन्धित कुरा हुन ।वातावरण बिनास गरेर गरिएको विकास लाई दिगो विकास मानिदैन । वातावरणमा भएका कुनै पनि पक्षलाई हानीनोक्सानी नपु¥याई सरल र सहज रूपमा गरिएको विकास नै वर्तमान तथा भविष्यका लागि निकै उपयोगी मानिन्छ ।
नेपालको आर्थिक विकासको क्रम त्यति लामो छैन ।राणाकालका चरम आर्थिक शोषण परिरहेको बेला जनपक्षिय आर्थिक विकास भएको पाइदैन ।बि.स २००७ मा राजा र प्रजाको सँयुत प्रयासबाट राणा शासनको अन्त्य गरी प्रजातन्त्रको मिर्मिरे बिहानी आएपछि आर्थिक क्षेत्रमा केही गतिशीलता आएको अनुभव आम जनमासले गरिरहेका छन् ।नेपालमा आर्थिक रूपमा विकासको सुरुवात भने बि.स २०१३ मा भएको मानिन्छ । बि.स २०१३ पछिका विभिन्न विकास निमार्ण का विभिन्न उद्देश्य निधारण गरियो ।भौतिक पुर्वाधारबिकास,आर्थिक,सामाजिक ,कृषि,पर्यटन ,सांस्कृतिक,प्रशासनिक, वाताबरणीय, क्षेत्रमा लगानी बढाउन थालियो । मानिसका जीवनस्तरमा सकरात्मक परिवर्तन हुने खालका विभिन्न आयआर्जनका कामहरू पनि बिस्तार गरियो ।नेपालजस्ता अल्पविकसित राष्ट्रका लागि यी उदेश्यहरु अल्पअवधिमा पुरा गर्न सम्भव नभएपनि अझैसम्म निरन्तरता दिइरहेको पाइन्छ ।भौगोलिक विकटता,सुस्त विकास गति,विद्यमान गरिबी,अशिक्षा,अन्धविश्वास,क्षेत्रीय असन्तुलनको स्थिति एवं आर्थिक चुनौतीलाई दृष्टिगत गरी विकास निमार्णका कार्यमा जोड गर्न सकियो भने आर्थिक विकास तीव्र रूपमा सम्भव छ ।
युवाहरू देश विकासका मेरुदण्ड हुन ।आर्थिक,सामाजिक,राजनैतिक सांस्कृतिक, प्रशासनिक,वाताबरणीय,विकासका संबाहक हुन् ।केही नयाँ काम गरौँ भन्ने जोस युवाहरुमा हुन्छ । सिर्जनशीलता,साहस,उच्च आत्मविश्बास जस्ता कारणहरूले युवाशक्तीलाई महत्त्वपूर्ण मानिन्छ । सामान्यतया नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिएको छ र यो सङ्ख्या कुल जनसङ्ख्याको ४० प्रतिशत रहेको छ ।समाजमा सबैखाले परिवर्तन युबाहरुबाट नै सञ्चालित छन् ।यथास्थितीलाई छिचोल्दै समाजमा नयाँ दृष्टि र दिशा सञ्चालन गर्न काम युवाहरूको हो । समग्र क्षेत्रमा परिपक्व युकाहरुबाट भएका विभिन्न उपलिव्धहरु धेरै छन् । विकासको गतिसँगै युवाहरू आर्थिक, सामाजिक, प्राविधिक रूपमा सक्षम हुन जरुरी छ । राजनैतिक स्वार्थ,जातीय,भेगिय,बर्गसंघर्ष, जस्ता विभिन्न समस्याहरूबाट माथि उठेर युवाहरूले समाजमा परिवर्तनको बीज रोपि समृद्ध अनि समुन्नत नव नेपाल निमार्णको अग्रगतिमा अग्रसर हुनु अपरिहार्य छ ।
युवाहरूले बृहत् सोच,एकता मेलमिलाप,सहकार्य बाट अगाडी बढेमा विकासका काम सहज हुन्छ । देशमा सकारात्मक सोच भएका युवाहरू प्रशस्तै मात्रामा छन् तर सरकारले प्रोत्साहन गर्नुको साटो निरुत्साहन गरिरहेको छ ।जस्तै म्याग्दी जिल्लाका युवा सामाजिक उघमी महावीर पुनले सबै गाँउलाई इन्टरनेटबाट जोड्न सफल भएका छन् ।उनको यो उपायले गाँउमै लगानी भित्र्यायो र प्रविधि गाँउमै पुग्यो र अनि प्रसिद्ध मेगासासे पुरस्कारबाट सम्मानित भए । हालसालै उनले राष्टिय आविष्कार केन्द्र स्थापना गदैछन् । उनका यो अभियान का लागि उनले सरकार समक्ष धेरै पटक सहयोगको लागि आग्रह गरे तर सरकारले कुनै चासो देखाएन । सूचना र प्रविधिले नै देश शक्तिशाली हुन्छ भन्ने बलियो इच्छाशक्ति भएका महावीर अहिले आम जन्ताको घरदैलो बाट लाखै रकम सङ्कलन गरिरहेका छन् ।
विभिन्न क्षेत्रका युवाहरूको प्रत्यक्ष साथ तथा समर्थन पाइरहेका छन् ।हामीकहाँ धेरै महाबिरहरु छन् । कुनैबेला महाकवि लक्ष्मीप्रसाद देबकोटाले भनेझै हाम्रा कयौ सेक्सपियरहरु पहाडमा हलो जोतिरहेका छन् ।हो हाम्रा कयौ युवाहरू बेरोजगारीको चपेटा मा परिरहेका छन् । नेपालबाट वैदेशिक रोजगारीका लागि लाखौ युवाहरू विदेशतिर पलायन भइरहेका छन् ।सक्षम र शिक्षित युवाहरू पलायन हुदाँ असक्त,बालबालिका,महिला,बुढाबुढी को भरमा देशले गति लिन सकेको छैन ।वैदेशिक रोजगारीले नेपालमा सीमित रेमिटान्स त भित्र्याउला तर दिगो तथा भरपर्दो भने कदापि हुन सक्दैन ।त्यसैले अबको विकल्प भनेको युवाहरूले नै स्वदेशमा केही र्सिजनात्मक,रचनात्मक रोजगारीका अवसरहरू सिर्जन गर्नु हो ।उधोगधन्दा,कृषि,पर्यटन,जलबिधुत,जस्ता विविध क्षेत्रहरूमा लगानी बढाउनु पर्दछ । युवाहरूले नेतृत्व लिई अशिक्षित बेरोजगार युवाहरूलाई रोजगारी दिलाउनु पर्ने आवश्यकता देखिन्छ ।
आर्थिक विकासको प्रचुर सम्भावना बोकेको कृषि क्षेत्र वैज्ञानिक,आधुनिक तथा व्यावसायिक हुन सकेको छैन ।नेपालमा कृषि गणना २०६८ अनुसार कुल घरपरिवारको करिब ३८ लाख ३१ हजार घरपरिबार वा ७१ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छन् तर विडम्बना कृषि क्षेत्रमा लागेका मानिसहरूको उत्पादक्त्तब ज्यादै न्यून छ ।नेपालमा कृषि लाई व्यावसायिक उद्योग का रूपमा लिन सकिएको छैन ।अहिलेसम्मको कृषि प्रणाली नाफामुखि भन्दा निर्वाहमुखि प्रकृतिको छ । आगामी दिनमा सरकारले युवाहरूलाई लक्षित गरी कृषि सम्बन्धी विभिन्न नीति तथा कार्यक्रमहरू जस्तै कृषि शिक्षामा विशेष सहुलियत,कृषि तालिम,सहज ऋणको सुविधा,कृषि परामर्श र उत्पादनको बजारको ग्यारेन्टी गर्न सकेमा कृषि क्षेत्रमा बेरोजगार युवाहरूलाई आर्कषण गर्न सहज हुन्छ ।
तसर्थ परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई आधुनिक,व्यावसायिक,एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गरी दिगो विकासका माध्यमबाट जीवनस्तरमा सुधार आउनु जरुरी छ । राष्टलाई समृद्ध बनाउने आधारहरु धेरै छन् । प्रर्यटन विकास पनि आर्थिक विकासको मेरुदण्ड हो ।नेपालमा प्रर्यटन विकास दृष्टिले हामी सामु विभिन्न सम्भावनाहरू छन् । प्राकृतिक सुन्दरता,ऐतिहासिक धार्मिक स्थल,पर्यापर्यटन,सांस्कृतिक विविधता,कृषि पर्यटन,युद्ध पर्यटन,लगायत बहुआयामीक क्षेत्रहरू छन् । यस्ता विभिन्न पर्यटकिय गन्तव्यहरु पहिचान,अध्ययन,अनुसन्धान गरी प्रचारप्रसार को आवश्यकता देखिन्छ ।
नेपालमा सोचेअनुसारको विकासको गति लिन सकेको छैन । विश्व को उच्च शिखर सगरमाथा,शान्तिका अग्रदुत गौतम बुद्ध को जन्मभूमी लुम्बिनी,पवित्र धामिक स्थल पशुपतिनाथ,विभिन्न निकुञ्ज,नदीनाला,कला सस्कृति,जस्ता धेरै सम्भावनाका विविध क्षेत्रहरू छन् ।पर्यटकहरुका लागि उचित बास्थान,सेवासुबिधा,सुरक्षा जस्ता विभिन्न कुराहरूको बन्दोबस्त मिलाउन सकिएको छैन ,उनीहरूले चाहेको जस्तो वातावरण सृजना गर्न सके नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन र देशले आर्थिक रूपमा मुहार फेर्छ र देशबासीको जिवनस्तर मा पनि आर्थिक रूपमा परिवर्तन हुन्छ ।त्यसैले पर्यटन क्षेत्रमा लगानी गरी व्यबसायिकरण गर्नु जरुरी छ ।
आर्थिक विकासको महत्त्वपूर्ण खुडकिलो भनेको उद्योग,जलबिधुत पनि हो । स्वदेशमै उत्पादन भएका कच्चापदार्थलाई स्वदेशमै भएका उद्योगधन्दा प्रयोगमा ल्याउदा स्थानीहरुले रोजगार पाउँछन । उद्योगलेहरुले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनहरूको अधिक्तम प्रयोग गर्ने भएकाले चौतर्फी मानिसहरूले रोजगारीका अवसरहरू प्राप्त गर्न सक्छन् । त्यसैले विभिन्न ठाँउहरुमा साना,मझयौला तथा ठुला उद्योगधन्दा सन्चालन गरिनु पर्दछ ।
कृषकले उत्पादन गरेको कच्चापदार्थ लाई स्थानीय स्तरमै उद्योगधन्दा प्रयोगमा ल्याउदा हजारौँ स्थानीय युवाहरूले रोजगार पाँउछन् ।देशको अर्थतन्त्र परनिर्भर भइरहेको बेला स्बदेशी उद्योगधन्दा ले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यस्तै लेपाल जलस्रोतको हिसाबले विश्वको दोस्रो धनिदेश हो । तर विडम्बना यहाँ माग अनुसारको पानी उपयोग गर्न सकिएको छैन । दिनमै १६/१७ घण्टा लोडसेडिङको मारमा परी रहेका छौ । सोचे अनुसारको जलविद्युत निकाल्न सकिएको अवस्था छैन । बगिरहेको पानीको सही सदुपयोग गरी हजारौँ युवा युवतीहरूलाई रोजगारीका अवसर सृजना गरी देश लोडसेडिङ मुक्त बनाउन सकिन्छ । यसको लागी पूजी लगानी गरिनु पर्दछ । आर्थिक क्षेत्रमा आर्थिक लगानी बढाउन सकेमा उद्योग जलबिधुत क्षेत्रले छिट्टै विकासको फड्को मार्न सक्छ ।
हामीले जलविधुतमा लगानी गरी विदेश तिर विद्युत निर्यात गर्न सके आर्थिक रूपमा निकै बलियो हुन्छौ । हामी बलियो हुनु भनेको देश बलियो हुनु हो । देश आर्थिक रूपमा बलियो हुनु भनेको आम मानिसको जीवन स्तर बलियो हुनु हो ।
अन्तमा, हामी आर्थिक रूपमा बलियो हुनु जरुरी छ । विभिन्न सम्भावनाहरुले भरिपूर्ण क्षेत्रहरूमा आर्थिक लगानी गरी स्वदेशमै स्बरोजगारका अवसरहरू सिर्जना गरौँ,सिर्जनशिल सोच,जोस,जाँगर र सिप भएका युवाहरूलाई मलजल गरी बिकासपथमा अग्रसर गराई समृद्ध नव नेपाल निमार्णको कार्यदिशामा लम्किनु जरुरी छ । विकल्प बिनाको विरोधले समय बर्बाद हुन्छ ।अब हामी राम्रो कामको समीक्षा भन्दा विश्वास,टिकाटिप्पनी भन्दा प्रशंसा गर्ने बानीको विकास हुनु जरुरी छ । हामीसँग भएको सिप,क्षमता,लगानी को सदुपयोग गदै अरूलाई पनि आकर्षित गर्दै अघि बढनुपर्छ ।यसबाट समग्र नेपालको सम्भाबनाहरुलाई खोज,अध्ययन,अनुसन्धान गरी समृद्धिमा बदल्न सकिन्छ ।
( लेखक सल्यानी युवा सञ्जालका सह-संयोजक हुन् । )