जापान पठाउने भन्दै ठगि गर्न समुहका मुख्य नाइके भनिएका युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक मेलम्ची घर भएका सबिन प्रकाश दनुवारलाई भदौ २४ गते काठमाडौको बसुन्धराबाट केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।
यसै मुद्दामा केहि समय अघि पीडितहरुको जाहेरीका आधारमा ठगी मुद्दामा संलग्न भएको आरोपमा उदयपुर घर भई नेपालटार बस्ने लालमणि दनुवार र नुवाकोट घर भएका हाल जोरपाटी बस्ने सरिता गुरुङ,पक्राउपछि अदालत पेश भएका थिए ।
उनले जापान पठाउने नाममा १ करोड ३१ लाख ५० हजार ठगि गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दनुवारले सरकारी कोटामा कृषि सम्बन्धी कामका लागि जापान पठाइदिने भन्दै २८ जनाबाट ७ देखि १२ लाख सम्म रकम लिएका थिए ।
व्युरोले उनलाई थप अनुसन्धानका लागि सोमबार काठमाडौ जिल्ला अदालत पेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्