Logo

छिट्टै अनाथालय सञ्चालन गर्छौं – मेयर बुढाथोकी



Spread the love

 

बागचौर नगरपालिकाका नगर प्रमुख ‘मेयर’ लोकमान बुढाथोकीले अनाथहरूको अबिभावकत्व भूमिका निभाउँदै छिट्टै अनाथालय सञ्चालन गर्ने बताएका छन् ।

तस्बिर : योग राज थापा

केही दिन अगाडि सल्यान जिल्ला बागचौर नगरपालिकामा २ छुट्टाछुट्टै घटना घटेका थिए ।

यही भदौ १२ गते राति सल्यान जिल्ला बागचौर नगरपालिका ४  सिमाखोली स्थित सेतीेगुराँसमा घरको दलिन भाँचिएर भित्ता भत्किदा एकै परिवारका ५ जनाको मुत्यु भएको थियो । उक्त घटनामा सोही घरमा रहेकी १ छोरी र घर बाहिर रहेकी २ छोरी बाच्न सफल भएका थिए ।

मुत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षकी रामकला कामी, ७ वर्षीय गंगा कामी, ६ वर्षीय प्रमिला कामी र ४ वर्षीय रूपलाल कामी रहेका थिए ।

बाच्न सफल ३ जना छोरीहरू ८ कक्षा, ५ कक्षा र ३ कक्षामा अध्ययनरत छन् ।

फेरि भदौ १७ गते सल्यान जिल्ला बागचौर नगरपालिका वडा १२ ओख्रेनी मुलखोलामा अत्यधिक वर्षातको कारण पहिरोले घर पुरिदा एकै घरका ३ जना बच्चाहरू १० वर्षीय छोरी ललिता डाँगि, ७  ललित डांगी र ४ वर्षीय छोरी मेनका डाँगि रहेका थिए ।


बुढाथोकीले तत्काल पीडित परिवारका लागि अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमको समेत तय गर्ने जानकारी दिएका छन् ।

नगर प्रमुख बुढाथोकीले नगरभित्र विभिन्न कारणले अभिभावक गुमाएका अनाथ बालबालिकाहरूको प्रारम्भिक तथ्यांक संकलनको काम भइरहेको र बागचौर नगरपालिकाले आफ्नै लगानीमा एक अनाथ आश्रम स्थापना गरी उनीहरूको शिक्षा, स्वास्थ्य, पालन पोषणको समेत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्