Logo

पार्टीभित्रको गुट अन्त्य गर्नुपर्छ : कोइराला



Spread the love

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताउनुभएको छ ।

दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उहाँले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा लिइरहेको भन्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीलाई बलियो बनाउन बिपीको सिद्धान्त पछ्याउन आवश्यक भएको भन्दै उहाँले काङ्ग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकोले काँग्रेस पार्टी कहिल्यै पछि नपर्ने दावी गर्नुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य बद्री पाण्डेले काँङ्गे्रस सङ्ख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवादभन्दा पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्