एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा हङकङसंग ३ विकेटको हार ब्योहोर्दै घर फर्किएको छ ।
क्वालालम्पुरको यूकेएम ओभलमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७.५ ओभरमा अलआउट हुन पुग्यो ।
नेपालका लागि अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
९५ रनको झिनो लक्ष्य पछाएको हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
बलिङ्ग तर्फ नेपालका युवा स्पिनर सन्दिप लामिछानेले निकै किफायती बलिङ्ग गरे उनले १० ओभर बलिङ्ग गर्दै मात्र २७ र खर्चिय र ५ विकेट लिए तेस्तै बसन्त रेग्मी र सागर पुन ले समान १/१ विकेट लिए
हार संगै नेपालको एसियाकप खेल्ने सपना चकनाचुर भएको छ
प्रतिक्रिया दिनुहोस्