Logo

सीमांकन हेरफेरसहित संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित, संसदमा दर्ता



Spread the love

sarkar

नेपाल सरकारले सीमांकन हेरफेरसहित सात बुँदे संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गरेको छ ।

मन्त्रिपरिषद्ले पारित गरेको संशोधन प्रस्तावमा प्रदेश नम्बर पाँचका पहाडी जिल्ला टुक्राउने र ती जिल्ला प्रदेश नम्बर चारमा मिसाउन प्रस्ताव गरिएको छ।

sansodhan

संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुमलाई प्रदेश नम्बर ४ मा गाभ्ने प्रस्ताव गरिएको छ । अब प्रदेश नम्बर ५ मा नवलपरासीको बर्दघाट सुस्ताबाट पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया रहनेछ ।

सरकार गठनको क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मधेसी मोर्चासँग गरेको ३ बुँदै सम्झौता अनुसार संशोधन प्रस्ताव दर्ता गरिएको हो ।

नयाँ सीमांकन 

Pradesh

 

प्रतिक्रिया दिनुहोस्