ओखलढुंगाको मोलुङ गाँउपालिका – ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित उनकी श्रीमती ४० वर्षीया धन कुमारी राई, उनकी दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।
बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
स्थानीय र प्रहरीको सक्रियातामा उनीहरुको शव निकालिएको छ ।
प्रतिक्रिया दिनुहोस्