Logo

आफ्नो यौनसम्बन्धको कुरा प्रहरीमा पुगेपछि प्रेमी जोडी एउटै डोरीमा झुण्डिएर आत्महत्या



Spread the love

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक प्रेमी जोडीले आफ्नो यौनसम्बन्धको कुरा प्रहरीमा पुगेपछि एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

रुखको बीचभागमा एउटै डोरी र एकै पट्टी फर्किएर झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
यसरी मृत फेला पर्नेमा जाजरकोट छेडागाड नगरपालिका -१३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।

ठकुरी ७ महिनाअघि जाजरकोटबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका माने भञ्ज्याङमा घर निर्माणको काम गर्न आएका थिए ।

भदौ ७ गते गाउँबाट दुई युवक र दुई युवती हराएका थिए । केटीका आफन्तले प्रहरी कार्यालयमा उजुर गरेपछि खोजी गर्दा एक युवक र युवती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

पक्राउ परेका जोडीले सहमतिमा नै शारीरिक सम्बन्ध राखेको दुवैले स्विकारे पनि युवतीको उमेर १३ वर्षको मात्रै भएकाले प्रहरीले जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाएर अनुसन्धान प्रक्रिया सुरु गरेको थियो ।

घटना बारे थप अनुशान्धन सुरु भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्