Logo

नगरपालिकामा पहिलोपटक टेलिफोन र इन्टरनेट पुग्दै



Spread the love

पर्वतको दोस्रो नगरपालिका फलेवास नगरपालिकामा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ ।

मोवाइल फोनको भर पर्दै आएका फलेवास नगरपालिकाका बासिले असोज भित्र ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् उक्त क्षेत्र मा अहिले टावर निर्माण तथा तार बिच्छ्याउने काम भइरहेको निमित्त कार्यालय प्रमुख केशवप्रसाद भुसालले जानकारी दिए ।

सदरमुकामबाट नजिकै रहेरको फलेवास नगरपालिका ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा बाट पछाडी परेको थियो

यसअघि नेपाल टेलिकमले कुश्मा, पातीचौर, हुवास र जलजलाका बजार क्षेत्रमा ल्याण्डलाइन सेवा विस्तार गरेकामा महाशिला र विहादी गाउँपालिकामा पनि सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्