एकजना महिलाले आफ्नो पति मरेको ३ वर्षपछि सोही लोग्नेको गर्भबाट जन्मिएको बच्चा पाएकी छिन् । सुन्दैमा अचम्म लाग्दछ र पत्यार नलाग्न पनि सक्छ । तर यो भारतमा भएको सत्य घटना हो ।
समाचार अनुसार ती महिलाका पतिको तिनवर्ष अघि कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसको तीनवर्ष पछि मृतककी पत्नी सुप्रियाले मुम्बइको एक अस्पतालमा बच्चा जन्माइन् ।
गौरब नामका पुरुष र सुप्रिया नामकी महिलाबीच बिहे भएको ५ वर्ष बितिसक्दा पनि उनीहरुका बालबच्चा नभएपछि टेष्टट्युब विधिबाट बच्चा पाउने प्रक्रिया सुरु गरेका थिए । डाक्टरले उक्त प्रक्रियाका लागि गौरवको शुक्रकिट संकलन गरी भण्डारण गरिसकेका थिए । तर दुर्भाग्य यसैबीच सन् २०१५ को अगष्टमा कार दुर्घटनामा गौरबको मृत्यु भयो ।
पतिको मृत्युपछि सुप्रिया विक्षिप्त बनिन् । तर उनले एउटा अठोट गरिन् कि गौरवको गर्भबाट बच्चा जन्माएरै छाड्ने ।
तर, विडम्बना डाक्टरहरुले धेरैपटक कोसिस गर्दापनि सुप्रियामा आइभिएफ सफल भएन । त्यसपछि उनले भाडाको कोखको सहारा लिनुपर्यो । उनले एक महिलाको कोख भाडामा लिइन् र आफ्नो मृतक लोग्नको शुक्रकिटबाट भाडाकी ती आमामा गर्भाधारण गराई हालै बच्चा प्राप्त गरेकी छिन् । आफ्नो लोग्नेको मृत्यु भएको ठ्याक्कै तिन वर्षपछि लोग्नेकै गर्भाधानबाट जन्मिएको बच्चा प्राप्त गर्न पाउँदा सुप्रिया हर्षविभोर नहुने कुरै भएन । एजेन्सीको सहयोगमा