Logo

प्रहरीले घर- घरमा ताकी ताकी गाेली र अश्रु ग्यास



Spread the love

किशोरी हत्याको विराेधमा ट्राफिक चोकमा भइरहेको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा बिहीबार चार जना घाइते भएका छन् ।   घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकाहरु बारे खुल्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारी माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे थियाे । अश्रु ग्यास सकिएपछि गाेली चलाएकाे हाे ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीहरुले ठाँउठाँउमा टायर बालेर प्रदर्शन गरिरहेका थिए ।
आन्दोलनले गर्दा तीन दिन देखी बजार बन्द छ।  बिहीबार बिहानैदेखि पुर्व–पश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ । बेदकोट नगरपालिकाको सुडा, लालपुर र दैजी लगायतका चोकहरुमा टायर वालेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। यसैगरी जिल्ला प्रशसन कार्यालय अगाडि पनि उग्र प्रदर्शन भइरहेको छ ।
घर- घरमा ताकी ताकी अश्रु ग्यास प्रहार गर्न थालिएको छ। यस सम्बन्धी बिभिन्न भिडियोहरु सामाजिक सन्जालमा सार्वजनिक भईरहेका छन । आन्दोलनले चक्रो रुप लिएको छ । प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई नाटकीय ढंगले सार्वजनिक गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्