लथालिङ्ग तथा अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भई राजधानीको पुतलीसडक चोकमा आज विद्युत पोलमा आगलागी भएको छ ।
आगलागी बाट कुनै मानविय क्षेती नभए पनि उक्त क्षेत्रमा यातायात प्रभावित हुनुका साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो।
अहिले आगो दमकलको सहयोगमा निभाइएको छ ।
राजधानीमा यत्रतत्र टाँगिएका तथा अव्यवस्थित तारका कारण करेन्ट सर्ट भई पटक पटक आगलागीका घटनाहरु भईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्