प्रदेश नम्बर १ को सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुस्लिमको पर्व बकर इदको अवसरमा बिदा दिएको हो ।
प्रदेश सरकारले यसअघि रक्षा बन्धन, विराटनगरमा हुने राधाकृष्ण रथयात्रा , विश्व आदिवासी जनजाति दिवस र छठ पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
साथै प्रदेश नम्बर २ सरकारले पनि भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भदाै ६ गते मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठुलो चाड इद–ऊल–जोहा (वकरिद)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्