नेपालको राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच शनिबार च्यारिटी म्याच खेल्ने तय भएको छ ।
नेपाल र जापानको द्वौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथले मिलेर खेल आयोजना गरेको हो । नेपालसँग च्यारिटी म्याच खेल्न खेल्न जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ ।
१६ सदस्यीय टोली काठमाडौं आएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास पनि गरेको छ । यो टोलीको कप्तान जापानका पूर्व विश्वकप खेलाडी काजुयिका टोडा छन् ।
खेलबाट उठेको रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्