एशियाली खेलकुदको फुटबल खेल अन्तरगत नेपाल पाकिस्तानसंग २-१ ले पारजित भएको छ । लगातार ३ खेलमा हार व्यहोर्दै समूह चरणबाटै घर फर्किएको छ ।
पहिलो खेलमा जापानसंग १-० ले पराजित भएको नेपाल द्रोसो खेलमा भियतनामसंग २-० ले पाराजित भएको थियो । त्यस्तै आज भएको अन्तिम खेलमा पनि कम्जोर मानिएको पाकिस्तानसंग २-१ ले पारजित भयो ।
नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १८ खेलमा नै पराजय भोगेको छ । १८ खेलमा ७० गोल खाँदा १ आत्मघाती गोल सहित केबल २ गोल मात्र गर्न सफल भएको छ ।
नेपालले ३६ बर्ष पछि १ गोल गर्न सफल भयो त्यो पनि आत्मघाती गोलका रुपमा उपहार पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्