पुर्व माओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिष्ट लिग नेपाल ( वाईसिएल) रोल्पाका अध्यक्ष रितमान पुन ‘अग्रिम’ले असहाय बालबालिकालाई सहयोग गरेका छन् ।
तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल विकास नेपाल, दाङले पालन पोषण तथा शिक्षा दिक्षा दिदै आएका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । त्यहाँ रहेका १५ जना बालबालिकालाई सहयोग गरेको संस्थाका कोषाध्यक्ष सीमा ओलीले जानकारी दिईन् । वाईसिएलका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अग्रिमले अनावश्यक फजुल खर्च गर्नु भन्दा असहाय बालबालिकालाई सहयोग गर्नुपर्ने उनले बताए ।
सडक बालबालिकालाई शाहारा दिईरहेको भन्दै उक्त संस्थालाई सबैले सहयोग गर्नुपर्ने उनको तर्क थियो । बेशाहारा बालबालिकाको शाहारा दिनु सबै नागरिकको कर्तब्य रहेको भन्दै सबैले सहयोग गर्नुपर्ने उनले बताए । उनले आउँदा दिनमा थप सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । त्यस अवसरमा असहाय बाल विकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीले सहयोग गर्ने वाईसिएल अध्यक्ष अग्रिमलाई धन्यबाद दिए ।
सबै नागरिकले अग्रिम जस्तै सहयोग गरे अझै थप सामाजिक काममा प्रेरणा मिल्ने बताए । उनले थप सहयोगको समेत अपेक्षा गरे । सामाजिक अभियानता अग्रिमले एक विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरेका छन । ती बिद्यार्थीले घोराहीको पदमोदयमा अध्ययन गरिरहेका छन् ।