कहिले भुकम्प त कहिले बाडिपहिरोका कारण सिन्धुपाल्चोकका जनताले लगातार पाच बर्ष देखि पिडदाई तथा निकै कष्टकर जिबन बिताइरहेका छन् ।
जब २०७१ साउन १७ गते राति सिन्धुपाल्चोकको माङ्खा र राम्चेको सीमा जुरेमा पहिरो जाँदा १ सय ४५ जनाले ज्यान गुमाए भने सयौं घरवारविहीन भए त्यस्तै करोडौंको भौतिक क्षति भयो । जुरे पहिरो पीडितहरु अहिले पनि विस्थापित छन् ।
अर्को वर्ष २०७२ सालमा विनाशकारी भूकम्प गयो, भूकम्प सबैभन्दा प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भयो र ४५ सय बढीको मृत्यु भयो । भूकम्पमा ध्वस्त निजी संरचनाहरु यतिबेला पुननिर्माणको चरणमा रहेका छन् ।
भूकम्प गएको १ वर्षपछि भोटेकोशीमा आएको बाढीको कारण किनारका सयांैं घरवारविहीन भएका छन् भने भोटेकोशी करिडोरमा रहेको साना ठूला जलविद्युत आयोजनाहरु पूर्ण रुपमा क्षति भएका थिए ।
गत वर्ष नेपाल चीन सीमान नजिकै १० किलोमा रहेको पक्की मोटरवेल पुल पहिरोका कारण भाँचियो र भोटेकोशी नदीले बगायो । पुल बगाएपछि यस क्षेत्रका वासिन्दा निकै समस्यामा परे बिरामी हुँदासमेत अस्पताल जानबाट वञ्चित भए ।
लगातार प्राकृतिक विपत्ति खेप्दै आएका विशेष गरि क्षेत्र नम्बर १ का स्थानीयलाई यो बर्ष पनि फेरी अर्को विपत्तिले छोयो ।
बाह्रविसे, खुर्सानीबारीको साँधीखोलामा रहेको पक्की पुल वर्षासँगै आएको बाढीले बगाएपछि विशेष गरि सीमा क्षेत्रका वासिन्दाहरु फेरि सडक संजालबाट टाढियका छन् । सडक संजाल बाट मात्र होइन बाढिले बाह्रविसे बजार लाई बगर मा परिणत गरेको छ ।