Logo

पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन गर्ने पक्राउ



Spread the love

काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

बलात्कारीलाई कडा कारबाही हुनुपर्ने माग राख्दै शनिबार महिला, तेस्रो लिंगी र पुरुषसमेत सहभागी भएका थिए ।प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तैपनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ ।

अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन ।

प्रतिक्रिया दिनुहोस्