‘फ्यान्टम, फितुर’ पछि चलचित्र ‘बार बार देखो’ निरन्तर ३ चलचित्र असफल भएपछि नायिका कट्रिना कैफको करिअर झनै ओरालो लाग्न थालेको छ ।
बक्स अफिसमा यसरी ओरालो लागेपछि नायिका कैफलाई बलिउडमा अब ‘गडफादर’को आवश्यकता पर्न थालेको विश्लेषण गरिएको छ ।
नायक रणवीर कपुरसँग प्रेममा परेपछि कैफको करिअर धरासायी बन्न थालेको थियो ।
त्यसपछि निरन्तर झरेको उनको करिअरको आँकडा झनै कमजोर बनेको ‘बार बार देखो’को व्यापारले देखाउँछ । के कट्रिना को स्टारडम प्रेममा ब्रेकअपसँगै सकिएको हो त ? बक्स अफिसको आँकडाले यसै भनेको छ।
प्रतिक्रिया दिनुहोस्