एक युवकले नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । यी युवकले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् । नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेकाे छ ।
‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखेको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए । त्यसबाहेक उनले भित्री बस्त्रसमेत लगाएका थिएनन् ।
सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलार्इ प्रहरीले पक्राउ गरेर लगेको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्