शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् ।
मन्त्री खतिवडाले संयुक्त राष्ट्रसंघले घोषणा गरेभन्दा अघिनै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दाबीसमेत गरे ।
सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई अघी बढाएको अर्थमन्त्री खतिवडाको दावी छ ।
त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले संयुक्त राष्ट्रसंघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले ,विद्युत, साक्षरता स्वास्थ्य, शिक्षा खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्