Logo

मुलुकी फौजदारी संहिताका सम्वन्धमा मिडिया सोसाइटीको आपात्ति



Spread the love

आज देखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका सम्वन्धमा नेपाल मिडिया सोसाइटीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोसाईटीका अध्यक्ष शुभशंकर कडेलले आज एक विज्ञप्ति जारी गर्दै संहिताको गोपनीयता र गाली बेइज्जती सम्बन्धी महलका प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गम्भीर खतरा देखिएको भन्दै कडा आपात्ति जनाएका छ्न् ।

विज्ञप्तिमा संहिताको २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेसले निर्वाध रुपमा काम गर्न पाउने वातावरणमा ठुलो धक्का दिएको दाबी गरिएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘दफा २९३ मा ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्न हुंदैन,’ भन्ने प्रावधान केवल व्यक्तिको गोपनीयता संग मात्र सम्वन्धित नभएर बृहत दायरामा हेरिँदा प्रेसको निर्वाध सूचना संकलन, प्रकाशन वा प्रसारण गर्ने संवैधानिक हकको समेत ठाडै उल्लंघन गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्