Logo

आमाबाबुको आशा : १० वर्षदेखि वेपत्ता छोरा खोज्दै



Spread the love

छोरा वेपत्ता भएको १० बर्ष भयो । तर आमाबाबुको आशा भने मरेको छैन । छोरो एकदीन अवश्य आउनेछ, बुढा आमा बाबुको आश ।  सल्यान सल्लिबजारका एक जोडी वृद्ध आमाबाबुले १० वर्षदेखि वेपत्ता छोरो खोजी दिन  सवैमा आग्रह गरेका छन् । २०६४ साल मंसिर महिना देखि आफ्नै घरदेखि घर निक्लिएको छोरा हालसम्म पनि नफर्किए पछि वृद्ध आमाबुवाले वेपत्ता छोरो खोजी दिन आग्रह गरेका हुन । जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न. १ साबिक ( देवस्थल वडा न ७ ) सल्लीबजारका ३४ बर्षीय धर्मे बुढा १० वर्षअघि आफ्नै घरबाट एकाक्सी निक्लिएका थिए ।

घरबाट निक्लिएको ५ दिनपछि नेपालगञ्जमा चिनेका केहीले देखेका थिए उनलाई । साथीहरुले घर जाँउ भन्दा इन्डिया (भारत) जान्छु भनी हिंडेका थिए । तर हालसम्म घर नआएको बुवा चन्द्र बुढाले बताए । उनले भने “घरमा कसैलाई केही खबरै नगरी राती निक्लिएर गएछ, हामीलाई थाहा नै भएन । गाउँघरतिर गएको होला एक दुई दिनमा फर्किलाल्छ भनेर खासै वास्ता गरिएन । पाँच दिनपछि नेपालगन्ज घुम्न गएका गाउलेले देखेको र घर जाँउ भन्दा भारत जान्छु भनेका थिए।

छोरा, भारत गयो गएन अहिलेसम्म फर्किएर आएको छैन । घरको जेेेठो छोरा नै बेपत्ता भएपछि वृद्ध बुढा निरासमा परेका छन । उनका माइला र कान्छा छोराहरू बिबाह गरेर छुट्टीएर बस्ने गरेका छन । आफू सङ्ग भएको जेठो छोरा नै बेपत्ता भएपछि निराशामा परेका हुन । हामीले छोरालाई धेरै खोज्यौ छरछिमेक, इष्टमित्र सबैलाई खोज्न लगाइयो तर छोरा अहिले सम्म पनि घर फर्कि आएन । आफ्नो छोरा खोजी दिन र फेला पार्नेलाई पुरस्कार पनि दिने वृद्ध बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्