Logo

क्रान्तिकारी सल्यानले जिल्ला सम्मेलनका लागि प्रतिनिधि छनाैट अभियानलाई तीव्रता दिदै



Spread the love

15045690_686653281508720_607747236_n

समाजवादकाे आधार तयार गर्न सशक्त सगठन! संविधान कार्यन्वयन र वैज्ञानिक शिक्षाकाे पक्षमा१ ७ अाै जिल्ला सम्मेलन!! भने मुलनाराका साथ यही मङ्सिर २४ र२५ गते सल्यानकाे श्रिनगरमा हुने जिल्ला सम्मेलनकाे तयारीमा रहेकाे अखिल( क्रान्तिकारी) सल्यानले आज सल्यान जिल्लाकाे मुटुमा रहेकाे त्रिभुवन जनता माध्यामिक बिधालयमा शान्तकुमार विककाे अध्यक्षतामा २५ सदस्य ईकाई कमिटि गठन गरेको छ । जस्काे उपाध्यक्षमा मनिसा भण्डारी, सचिवमा अभिषेक वाेटे, सहसचिवमा बविता बुढाथाेकी, काेषाध्यक्षमा करुणा बिक रहेका छन्।

त्यसै गरी माध्यामिक तह प्रबिधिक तर्फ (सिविल) गणेश केसिकाे अध्यक्षतामा ३५ सदस्य ईकाई कमिटि गठन गरेको छ। जस्काे उपाध्यक्षमा अश्विन जिसि, सचिवमा सन्ताेस राेका, सहसचिवमा ज्ञानु पहाडी, काेषाध्यक्षमा अनिल पहाडी रहेका छन्। कार्यक्रममा  सगठनका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज हिमाल यात्री, केन्द्रीय सदस्य हरिप्रकाश बलि, सम्मेलन अायाेजक समितिका सयाेजक चेतन गिरी, सदस्य राजेन्द्र भण्डारी, निराजन डाँगी लगाएतले प्रशिक्षण दिएका थिए भने जिल्ला समेलनका लागि १० जना प्रतिनिधि छनाैट पनि गरिएकाे थियो ।

 

प्रतिक्रिया दिनुहोस्