गुल्मीको रेसुङ्गा माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा छोरा लाई एसईई पुरक परीक्षाको लागी गेटमा छोडेर फर्किदै गर्दा सोहि समयमा अकस्मात ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण मृत्यु भएको छ ।
चार दिन अघि छोराको परिक्षा को लागी श्रेष्ठ तम्घास आएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी रुरु–१, वडा कमिटीका सदस्य रहेका श्रेष्ठको आजै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले उनको घरमा लगेर रिडीमा अन्त्येष्ठी गर्ने साविक एमालेको युवा संघ नेपालका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्