Logo

बिभिन्न मन्त्रालयका बाट ५ वटा विधेयक पेश



Spread the love

प्रतिनिधिसभा सोमबारको बैठकमा सरकारका तर्फबाट बिभिन्न मन्त्रालय बाट सम्बन्धित ५ वटा विधेयक पेश भएका छन्  ।

गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५,परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक २०७५ र अर्थमन्त्री युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक २०७५ पेश गरेका हुन् । राहदानी विधेयक बाहेकका ४ विधेयकमाथि परेको विरोधको सुचना वहुमतले अस्वीकृत भएपछि ती विधेयक बैठकमा पेश भएका हुन् । ४ वटै विधेयकमा सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका थिए ।

बैठकमा अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि पनि पेश भएको छ ।
त्यसैगरी सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक पनि संघीय संसदमा पेश भएको छ ।
संसदीय समितिले विधेयकमाथि आवश्यक छलफल गरि सुझाव सहितको प्रतिवेदन बैठकमा पेश गरेको हो । राज्य व्यवस्था तथा सुशासन समितिका तर्फबाट जेष्ठ सदस्य दिलेन्द्र प्रसाद बडूले सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्