गालि बैमानी ,झुटाे भ्रमकाे गरेर खेति ।।
दुनियाँ कहाँ पुग्याे थाह छैना, थुक्क तिम्राे बेइज्जती ।
हामी जनता उस्तै,भेडै बनेर जुधिरहेछाै अापसमा ।।
भन्दै तेराे भन्दा मेराे नेता महान पर्दै ठुलाे अाशामा ।।
बनाई ढाल सर्वसाधारणलाई ।।
मात्र अाफु कुर्सीमा पुग्नालाई ।।
जानेका कति झुट्टा अाश्वासन छर्न ।।
सकेका कति घाेक्राे सुक्ने गरि भाषण गर्न ।।
देश बनाउछाैं सबैले भन्छन् ।।
हाम्राे पार्टि ,नीति असल छ, सबैले भन्छन् ।।
भाेट माग्ना बिरालाेकाे भेषमा अाउछाै ।।
जितेर गएपछि क्रुर दानव अनि शेर झै बन्छाै ।।
याे कस्ताे राजनीतिक परम्परा,
अाफु हाँस्ना अरुलाइ रुवाउनै पर्ने ।।
अाफु बाँच्ना अरुलाई मार्नै पर्ने ।।
अाफु धनि हुना अरुलाई लुट्नै पर्ने ।।
अाफु सत्तामा पुग्ना अरुलाई गलहत्याउनै पर्ने ।।
अाफ्ना काखा,अरुलाई पाखा पार्नै पर्ने ।।
अाफू बच्ना दाेष अरुकाे थाप्लाेमा खन्याउनै पर्ने ।।
झुटकाे खेति गरेर जनतालाई अन्याेलमा पार्नै पर्ने ।।
सर्वसाधारणकाे भर्याङ बनाई सत्ताराेहन गर्नै पर्ने ।।
देश बनाउछु भन्दै, पहिले अाफ्नु थैली भर्नै पर्ने ।।
जनता सामु सद्दे कहलाउना,अाफु सहि अरु गलत भन्नै पर्ने ।।
तिम्राे संघर्ष कुर्सिसम्मकाे रहेछ,देशकाे लागि हैना ।।
तिम्राे खेति झुट र भ्रष्टचारकाे रहेछ,पारदर्शिता अनि सदाचारकाे हैना ।।
किना पलाउदैना तिमीहरुमा सबैमिली देश बनाअाैं भन्ने भाव ।।
किना प्रदैना अन्धा स्वाँठहरु हाे, विश्व झिलिमीली भैसक्दा पनि तिमीहरुमा प्रभाव ।।
कति खेल्छाै बच्चाले घरकुलि बनाय जस्ताे खेल ।।
कति रमाउछाै,छलकपट,बेमानी अनि गर्दै जालझेल ।।