Logo

सुस्तामा संयुक्त सुरक्षा गस्ती



Spread the love

नेपाल र भारतीय सुरक्षाकर्मीहरुको संयुक्त टोलीले नवलपरासीको सुस्तामा दशगजा संरक्षण गर्न र सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न संयुक्त गस्ती सुरु गरेको छ  ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबी संयुक्त रुपमा नवलपरासीको झुल्नीपुरमा रहेको सीमा स्तम्भ संख्या ५०० देखि ४९७ सम्मका सीमाको संयुक्त गस्ती सुरु गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुल्नीपुरका इन्सपेक्टर माधव पण्डितले बताए ।
सशस्त्र प्रहरी निरीक्षक पण्डितको नेतृत्वको टोलीले दशगजा अतिक्रमण,चोरी तस्करी जस्ता आपराधिक गतिबिधि रोक्न विशेष योजना बनाएको बताए साथै उनले स्थानि बसिलई कुनै गलत कार्य नगर्न र गलत कार्य भईरहेको थाहा पाए सुरक्षाकर्मी लाई जानकारी गराउन समेत आग्रह गरे ।

उक्त टोलि मा सशस्त्र प्रहरीबाट ७ जना, एसएसबीका ६ जना, भारतीय जनपद प्रहरीबाट १ जना र नेपाल प्रहरीबाट २ गरी कुल १७ जना सुरक्षाकर्मीहरुको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्