कुनै समय यस्तो थियो जतिबेला समाचार तयार पारेर हामी जिल्ला विकास समितिको कार्यालयमा पुग्दथ्यौ जहाँ हामीले तयार पारेको समाचार कुनै सरकारी अधिकारी बाट हेरिन्थ्यो र उनको चित्त बुझेमा सम्प्रशेन गर्न दिईन्थ्यो नत्र रोकन्थ्यो ।
त्यति बेला राज्यले गरेका गतिविधि सबै ठिक हुन भन्ने समाचारले सहजै सम्प्रेशनको बाटो पाउथे अन्यथा समाचार फोहोरको टोकरीमा पुग्दथ्ये । यसलाई यसरी भनौ कि सेन्सर बिनाको समाचार आफ्नो मिडिया हाउस को समाचार कक्षमा नै पुग्न नपाई तिनको गन्तब्यको मूल बिन्दुमा नै मृत्यु हुन्थ्यो ।
समाचार सम्प्रेशषणको एउटै आधार थियो जिल्ला विकास समितिमा रहेको एक मात्र फयाक्स मेसिन । जिल्लामा पत्रकार को संख्या त्यति ठुलो थिएन औलामा गन्न सकिने संख्यामा रहेका पत्रकारहरुले सेन्सरकै कारण दिनहु जसो एउटै प्रकृतिका समाचार सम्प्रेषण गर्दथ्यौ, यसको मुख्य कारण थियो हामी सँग समाचार सम्प्रेषण गर्ने जिल्ला विकास समितिको फयाक्स मेसिन भन्दा अरू कुनै विकल्प थिएन जहाँ सेन्सरले गाँजिएको थियो किनकि प्रशासनको आदेश पनि सायद त्यही थियो ।
जिल्लामा सञ्चार माध्यमको रूपमा विद्युतीय सञ्चार माध्यममा रेडियो नेपालको पहुच थियो भने सदरमुकाम सम्म मुस्किलले गोरखापत्रको पहुच पुग्दथ्यो । बिद्युतको अनियमितता तथा सञ्चार सामाग्रीको अभावमा मुस्किलले हार्ड न्युज हरू सम्प्रेशन हुने गर्दथ्ये भने अधिकासं फिचर समाचारहरु सम्प्रेशन हुने गर्दथ्ये ।
सदरमुकाममा तत्कालीन दूर सञ्चार कार्यालयले टेलिफोन लाइन बिस्तार गरेसगै यो प्रक्रियामा सहजता आउदै गयो । सल्यान जिल्लाको पत्रकारिता देशका अन्य भूभागको तुलनामा बामे सर्ने अवस्थामा रहेको थियो । जिल्लामा पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासघ को शाखा समेत गठन हुन सकेको थिएन ।
जिल्लामा स्थानीय सञ्चार माध्यमहरु खुल्न सकेका थिएनन । छिमेकी जिल्ला दाङ्ग को नयाँ युगबोध र स्वर्गदारी एफ.एम. सल्यान जिल्लाका सूचना प्राप्त गर्ने आम सञ्चारका माध्यम बनेका थिए । जसका कारण जिल्लामा पत्रकारहरु को संख्यामा केही बृदी भएको थियो ।
सल्यान जिल्लाको पत्रकारिताको जग बसाल्ने स्वर्गिय पत्रकार द्धय उत्तम हमाल र शालिकराम शर्मा लगायतका अग्रज पत्रकारहरुले जिल्ला लाई महासंघ केन्द्रको शाखा प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो, जतिबेला रुकुम र दाङ्गमा रही पत्रकारिता गरिरहनुभएका साथीहरूको सहयोगमा यस जिल्लाले शाखाको मान्यता पाएको थियो जसको दस्ताबेज नेपाल पत्रकार महासंघ सल्यानमा पनि हेर्न सकिन्छ ।
यसरी क्रमिक रूपमा सल्यान जिल्लामा पनि साप्ताहिक पत्रिका सल्यानी सन्देश, सामुदायिक रेडियो राप्ति एफ.एम., रेडियो सल्यान एफ.एम., रेडियो शारदा एफ.एम, रेडियो कपुरकोट, रेडियो तहल्का एफ.एम. संचालनमा आए । जस पश्चात् जिल्लामा पत्रकारहरुको संख्या हवात्तै बढेर गयो तर यो अवस्था त्यति लामो समय टिक्न सकेन । एक समयमा पत्रकारिता प्रति देखिएको क्रेज बिस्तारै सेलाउदै गयो ।
रेडियो सल्यान एफ.एम.,सल्यानी सन्देश साप्ताहिक, सल्यान पोस्ट साप्ताहिक जस्ता पत्रिकाहरु बन्द हुन पुगे । अधिकांश केन्द्रबाट प्रकाशन हुने बोर्ड सिटका पत्रिकाहरुले जिल्लामा संबाददाताको रूपमा स्ट्रिञ्जर राख्ने गर्दछन् । पत्रपत्रिकामा लेख्न सामागी्रको हिसाबमा जति सजिलो छ टेलिभिजन पत्रकारिता महँगो छ ।
क्यामरा भिडियो सम्पादन सामाग्री जस्ता महंगा प्रविधिले गर्दा स्थानीय रूपमा संबाददाता हरू टिक्न सक्दैनन । अर्को तर्फ मिडिया उद्योग धरासयी बन्दै जाँदा स्थानीय रूपमा समाचार संकलन गर्दा गरिएको परिश्रम अनुसार खर्च नपाउदा यस प्रतिको क्रेज घट्दै गएको पाइन्छ । अर्को श्रमजिबी पत्रकार ऐनको कुरा पटक पटक उठ्दा पनि कार्यान्वययनमा नआउनुले पनि यो समस्या बढ्दै गएको छ ।
जिल्लामा रहेका सञ्चार माध्यमहरुमा आुउने विज्ञापन को दायरा एकै किसिमको हुनु तर सञ्चार माध्यामहरु विभिन्न उद्देश्य अनुरूपले खोलीने प्रबृतीका कारण पनि यो पेसाको शुद्धता प्रति औला उठ्न थालेका छन् । व्यावसायिक पत्रकारिता भन्दा मिसन पत्रकारिताले प्रसय पाउँदा धेरै सञ्चार माध्यमहरु दिगो रूपमा टिक्न सक्दैनन । विज्ञापनमा एक रुपता नहुनु पनि यसको अर्को मुख्य कारण हो व्यावसायिक प्रतीशप्रर्धा भन्दा प्रलोभनका कारण विज्ञापन बजार खस्कदै जाँदा सञ्चार माध्यमहरु लाई टिक्न मुस्किल पर्दै गएको छ ।
सल्यान जिल्लामा चार वटा सामुदायिक रेडियोहरु हाल संचालनमा रहेका छन् भने सल्लेरी खबर लगाएत केही अनलाईनहरु पनि संचालनमा छन् । समाजका घटनाक्रम लाई जनता माझ पस्कने यिनीहरूको प्रमुख दायित्व हो । अर्को तर्फ सरकारी तथा अन्य निकायहरू बाट प्रवाह हुने सेवा सुविधाहरू नियम संगत छन् छैनन् भन्ने विषयमा जनपक्षिय भएर हेरी अगाडी बढ्न जरुरी छ । सञ्चार माध्यम खोल्न ठुलो कुरो होइन तर त्यसलाई ब्यसायीक रूपमा टिकाई राख्नु महत्त्वपूर्ण कुरा हो । केही सञ्चार माध्यमहरुलाई प्रत्यक्ष रूपमा राजनैतिक आक्षेप आउनु ब्यसायीक पत्रकारिताको सिधै उपेक्षा गरेसरी हो । यसबाट जोगीन जरुरी छ, ताकी जनताको विश्वास निष्पक्षतामा बढी हुन्छ ।
यसबाट उम्कनका लागी बोलेर मात्रै हैन त्यस्ता सामाग्रीहरू जनता सामु पस्कन जरुरी छ, अर्को तर्फ विज्ञापन र व्यवस्थापन पक्षलाई बलियो बनाउन सके मात्रै सञ्चार माध्यमहरु बलियो ढंग बाट टिक्छन र संचारकर्मीहरुले उत्साहित भएर काम गर्दछन् । कसैको प्रलोभनमा होइन सत्य, तथ्य र निष्पक्ष समाचार पस्कनु नै हामा्रे कर्तव्य र धर्म हो । त्यसैले जिल्लाको पत्रकारिता क्षेत्रलाई बलियो रूपमा बढाउन पत्रकारहरुको शुद्धिकरण, पत्रकारहरुलाई खोजमुलक सामाग्रीहरू तयारी लागी प्रशिक्षणमुलक कार्यक्रम तथा गा्रमिण भेगका समाचार सम्प्रेशणका लागी गा्रमिण भेगमा संचारकर्मीहरु बढाउन जरुरी छ ।
(लेखक नेपाल पत्रकार महासंघ सल्यानका निर्बतमान सचिव हुन् । )