Logo

स्थानीय तह पुनर्संरचना जनतामुखी हुनु पर्छ : मुख्य सचेतक बस्नेत



Spread the love

IMG_5637

नेकपा माओवादी केन्द्रका मुख्य सचेतक एवं सल्यान क्षेत्रन १ का सांसद टेक बहादुर बस्नेतले स्थानीय तहको पुनर्संरचना जनतामुखी हुनु पर्नेमा जोड दिएका छन् ।

सल्यान रुकुम यातायात व्यवसायी समितिको सल्यान बागचौरमा भएको शाखा कार्यालय उद्द्घाटन कार्यक्रममा बोल्दै बस्नेतले राज्यको पुनर्संरचनामा जनताले आफ्नो अधिकारको मत राख्न पाउनु पर्ने बताए । राजनैतिक परिवर्तन सँगै देश लाई पुनर्संरचनामा लैजादै गर्दा जनताका हक अधिकार सुरक्षित रहने गरी र काम कारबाही सहज तरिकाले सम्पन्न हुने वातावरणको तय गर्न आवश्यक रहेको बताए ।

पुनर्संरचनाको विषयमा सल्यानमा पनि सम्पूर्ण राजनैतिक दलहरूको पूर्ण सहमति हुन नसके पनि थोरै कुरामा सहमति हुन बाकी रहेको बताए । सल्यान जिल्लाको केही गाविसमा जिल्लाका केही राजनैतिक दलका केही नेताहरूले आफ्नो व्यक्तिगत फाइदा हेरी जनताको सही मत लाई ग्रहण गर्न नसके पछि यस्तो समस्या देखा परेको उनले बताए । नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने संविधानको सबैले कार्यन्वयन गरी समृद्ध नेपाल बनाउने अभियानमा जुट्नु पर्नै आवश्यत्ता रहेको उनको भनाई थियो।

IMG_5625

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बस्नेतले सल्यान जिल्लाको पुनर्संरचनालाई टेवा पुर्‍याउने गरी यातायात क्षेत्रलाई व्यवस्थित गराउन सल्यान रुकुम यातायातले बागचौरमा शाखा कार्यालय स्थापना गरेको उपलक्ष्यमा सफलताको शुभकामना समेत दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र सल्यानका इन्चार्ज नेब बहादुर कवरले जिल्लाको पुनर्संरचनाको विषयमा सल्यानी जनताको निर्णय अन्तिम हुने बताए, जनतालाई अधिकार दिलाउन खोज्ने राजनैतिक दलहरूले जनताकै आवजलाई ओझेलमा पारेर अन्याय हुने निर्णय गरे कसैलाई मान्य नहुने समेत उनको भनाई थियो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कृति बहादुर पुनले लोकतान्त्रिक गणतन्त्रमा जनता ठुलो हुने भएकाले सर्वसाधारण जनतालाई कुनै पनि राजनैतिक दलहरूले छलकपट गर्न नहुने बताए छन् । राज्य पुनर्संरचनाको विषयले नै जनतालाई राजनैतिक पाटी हरू प्रति बितृष्ण जागी सकेको र यसको अन्त्य गर्नको लागि राजनैतिक दलहरू जनतामुखी हुनु पर्ने बताए ।

IMG_5645

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन र जनताको माग र यात्रुको यात्रालाई सहज तुल्याउनको लागि स्थापना गरिएको शाखा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका नेपाली काग्रेस सभापति जनक कुमार गौतम, नेकपा एमालेका प्रेम डागी , माओवादी केन्द्रका हरि बहादुर डिसी , राप्रपाका भीम बहादुर केसी लगायत अन्य सरकारी एवं ग्रैसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरूले यातायात क्षेत्र विकासको सबै भन्दा महत्त्वपूर्ण अङ्ग भएकाले बागचौर नगरपालिकाको विकासका लागि सल्यान रुकुम यातायातले गरेको कार्य निकै सराहनीय भएको बताए ।

IMG_5612

नगरपालिका भित्रका प्रत्येक वडाहरुमा र अन्य गाविसका पायक पर्ने रुटहरुमा गाडी सञ्चालन गर्न समेत समिति लाई सुझाव दिएका थिए । नगरपालिका, इलाका प्रशासन लगायत अन्य सरकारी एवं गैरसरकारी कार्यालय रहेको व्यापारिक क्षेत्रमा गाडी सञ्चालन पछि धैरै यात्रुहरूले सुविधा पाउने उनीहरूको भनाई थियो ।

समितिका अध्यक्ष लोकमान बुढाथोकीले सरकारको यातायात क्षेत्रमा निश्चित मापदण्ड नहुदा आफुहरु समस्यामा परेको बताएका थिए । सरकारको निश्चित मापदण्ड नहुदा २ /४ वटा गाडी किनेर प्रालिको नाममा पक्की सडकमा मात्र गुडाउनले स्थानीय कच्ची सड्क क्षेत्रका जनताले दुख पाउने वातावरण सृजना भएको र गाडी ब्यवसायीहरु पनि अस्वस्थ प्रतिस्पर्धाका कारण घट्दै गएको बताए ।

सल्यान रुकुम यातायात व्यवसायी समिति जनताको सेवामा कुनै पनि अवस्थामा पछि नहट्ने र बानपामा स्थापना गरिएको शाखा कार्यालय लाई केन्द्र बिन्दु बनाई स्थानीय रुटहरु बाट तत्कालै गाडी सञ्चालन गरिने प्रतिबद्धता समेत जनाएका छ्न । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतिहरु रहेको थियो । समितिका अध्यक्ष लोकमान बुढाथोकीको सभापतित्व एवं कर्मचारी चित्र बहादुर राणाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सल्यान रुकुम यातायात व्यवसायी समितिका कार्यसमिती सदस्य तोकलाल शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्