नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक रुचाइएको र सफल रियालिटी सो नेपाल आइडलको दोस्रो संस्करण आजबाट सुरु हुने भएको छ । गत बर्षबाट एपि वान टेलिभिजनमा प्रसारण भएको नेपाल आइडलले निकै चर्चा पाएको थियो । यसको दोस्रो संस्करण साउन २४ गते देखि हरेक बिहीबार र शुक्रवार प्रसारण हुनेछ ।यो पटक पनि निर्णयकमा अघिल्लो सिजनका न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन् । त्यस्तै प्रस्तोताको रूपमा रिमा विश्वकर्मा र नायक आशिफ शाह रहनेछन् । यसअघि नेपाल आइडलको पहिलो सिजन पोखराका बुद्ध लामाले जितेका थिए । त्यस्तै दोस्रो र तेस्रो क्रमशः निशान भट्टराई र प्रताप दास बन्न सफल भएका थिए ।
‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नाराको साथ अडिसन राउण्डका कार्यक्रमबाट सुरु हुन् नेपाल आइडल २ को विजेताले २० लाख नगद, एउटा होन्डाको कार, एउटा एल्बमको सम्झौता र वल्ड टुर अथवा ५० लाख नगद पाउनेछन् । विजेताले एल्बम र वल्डटुरमा एक छनौट गर्न पाउने आयोजकले बताएका छन् ।