म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ मा अबस्थित मुक्तिमार्ग माविको विद्यालय भवन स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको छ ।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण जीर्ण बनेको बिधालय को पुनःनिर्माणमा का लागि स्थानीय बासीले रु ५० लाख सहयोग संकलन गर्न सफल भएका थिए जसमा स्थानियबासि टीकाबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गरेको हो । खड्का परिवारले रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएका थिए । उक्त भवन पुनःनिर्माणका लागि गाउँपालिकाले रु १० लाख तथा स्थानीयवासी कृष्णप्रसाद बरुवालले रु दुई लाख ५० हजार सहयोग गरेका छन् त्यस्तै जर्मनीको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार सहयोग गरेको छ । हाल जापानमा रहेका दधीलाल खड्काले रु ५१ हजार तथा बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गरेका छन् ।