Logo

सल्यानको शारदा नगरपालिकामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन



Spread the love

salyan district

सल्यानको शारदा नगरपालिका १५ सिमतरामा नवनिर्मित झोलुगें पुलको आज उद्घाटन गरिएको छ ।

२२ मिटर लम्बाई भएको झोलुंगे पुलको आज विधिबत रूपमा उद्घाटन गरिएको हो । शारदा नगरपालिका ६ बरला र सारदा नगरपालिका १५ सिमतरा जोड्ने पुल नहुदा स्थानीयलाई बर्षायाममा समस्या हुदैँ आएको थियो । पुल निर्माण भए पछि स्थानीय खुसी भएका छन् ।

विशेषगरी विद्यालय जाने आउने विद्यार्थीहरूलाई झोलुंगे पुल नहुँदा आवत जावतमा समस्या परेको थियो । झोलुंगे पुलको निर्माण भएपछि सिमतरा लगाएतका ठाउका स्थानियहरुलाई बजार सम्मआउन जान सहजता हुने भएको  छ।
२ लाख ८० हजार नगत, स्थानीयको झन्डै ५० हजार जनश्रमदान तथा अन्य विभिन्न व्यक्तिहरूको सहयोगमा पुल निर्माण कार्य सम्पन्न भएको बताइएको छ । शारदा सामुदायिक बन उपभोक्ता समूह सिमतराको १ लाख ५० हजार, जनजागरण क्लब सिमतराको १५ हजार ७५ रुपैँया, स्थानीयको आर्थिक सहयोगमा पुल निर्माण कार्य सम्पन्न भएको छ । पुलको अझै सबै फिनिसिङ काम सिद्याउन झन्डै १ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।

पुलको स्थानीय बृद धनसरी रेउले र चोची सुनारले रिबन काटेर उद्घाटन गर्नु भएको छ । डिल्ली बहादुर बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रममा स्थानीय समाजसेवी श्याम भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेघराज सुनार, टोप बहादुर केसी, धनीराम खत्री, गोविन्द खत्री, प्रकाश भण्डारी, रुद्र विक्रम भट्टराई, हिमेन्द्र बाबु सेजवाल लगाएतकाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सबै एक जुट भएमा विकास तीव्र रूपमा हुने बताएका थिए । उनीहरूले पुल निर्माण कार्यमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पुल निर्माण कार्यमा सहयोग गर्ने व्यक्तिहरू दोसल्ला आढाएर सम्मान गरिएका थियो । ज्ञान बहादुर चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन रोषण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्