काठमडौं उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् ।
केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।
हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन् भन्ने खबर आजको नागरिक दैनिकमा छपिएको छ।
प्रतिक्रिया दिनुहोस्