नेपालकै पहिलो अन्तरराष्ट्रिय डान्स रियालिटी शो, ओपो बुगी वुगी सिजन–१ को ताज सर्लाहीकी कविता नेपालीले जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् ।यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ६ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । भने उनले ४ लाख नगद पाए । बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्।चैत १५ गतबाट सुरु भएको बुगी वुगी नेपालको लागि पहिलो अन्तराष्ट्रिय डान्स रियालिटी कार्यक्रम हो । भारतमा सन् १९९६ मा नावेद जाफरी र रवी भेलले पहिलोपटक सुरु गरेको कार्यक्रमको फ्रेन्चाइजमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका थिए । बूगी वूगीलाई एलिन श्रेष्ठले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्