Logo

वर्तमान संविधान पूर्ण छैन : प्रचण्ड



Spread the love

 

 

आइतबार बाराको कलैया उपमहानगरपालिकामा सडक शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै  पूर्व प्रधान मन्त्रि तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान पूर्ण नभएकाले संशोधनको तयारी भएको बताएका छन् । साथै उनले मधेस आन्दोलन र मधेसी जनताको मर्मलाई समेटेर संविधान संशोधन गरिने बताए ।

प्रचण्डले भने ‘संविधान पूर्ण होइन, यो परिवर्तन हुन्छ । समय र जन चाहान अनुरुप परिबर्तन गर्न सकिन्छ मधेश का माग सम्बोधन गर्न संविधान संशोधनको प्रकृया अघि बढ्छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली, उपेन्द्र यादवबीच केही समयपहिले एक राजनीतिक सहमति भएको भन्दै उक्त सहमतिमा मधेस आन्दोलनका समयमा जनताले गरेको माग बमोजिम संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गर्दै हिमाल, पहाड र तराईका जनताको संविधान बनाउने प्रतिवद्धता जनाए । त्यस्तै अध्यक्ष प्रचण्डले पहाडमा केही प्राकृतिक बिपत्ति भए त्यसको असर मधेसले खेप्नु पर्छ भन्दै चुरे संरक्षण कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्