Logo

सामाजिक हितमा सांसद श्रेष्ठद्वारा मासिक तलब प्रदान



Spread the love

त नहुँ । तनहुँ क्षेत्र नं १बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो तलब बापतको रकम आज एक कार्यक्रमबीच तीन वटा समितिलाई प्रदान गरेका छन् ।

निर्वाचनको समयमा गरेको प्रतिबद्धताअनुसार सांसद श्रेष्ठले दुई मन्दिर र एक खानेपानी उपभोक्ता समितिलाई आफ्नो मासिक तलब हस्तान्तरण गरेका हुन् ।

निर्वाचनका क्रममा आफूले पाउने पारिश्रमिक जिल्लाकै विकास निर्माणका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सांसद श्रेष्ठले ब्यास–१० स्थित सुधेरी गैह्रा खानेपानी उपभोक्ता समिति, ब्यास–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिरलाई रु ५०÷५० हजारका दरले सहयोग प्रदान गरेका हुन् ।

रासस

प्रतिक्रिया दिनुहोस्